जेष्ठ ५, २०८१ शनिबार

‘संविधान कार्यान्वयनका लागि राष्ट्रियसभामा उम्मेदवारी’

बनियानी (झापा), २६ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य पदका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी संविधानको पूर्ण कार्यान्वयनका लागि भएको बताउनुभएको छ । बिर्तामोडमा आज सत्ता गठबन्धन दलको अन्तरक्रियामा महामन्त्री शर्माले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि नेता सिटौलाले उम्मेदवारी दिनुभएको बताउनुभयो ।

आगामी माघ ११ गते हुने तय भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश–१ बाट उम्मेदवार बन्नुभएका सिटौलाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान मस्यौदा समितिको संयोजकका रुपमा संविधान निर्माणमा महत्वपूर्ण काम गर्नुभएको बताउनुभयो । “उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रीय समितिमा छलफल र बहस भएको छ । यस विषयमा पार्टीमा मतभेद छैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेद्वार बन्नुभएका चम्पादेवी कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : पुष २६, २०८० बिहीबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]