बैशाख २२, २०८१ शनिबार

भद्रपुरमा विपन्न परिवारको घर बनाउदै युवा संघ

बिर्तामोड । झापाको भद्रपुरमा –२ स्थित गौरीशंकर टोलमा एक विपन्न वृद्धवृद्धा परिवारका लागि युवाहरुले घर बनाइरहेका छन् । बुढेसकालमा चिसो काट्ने घर समेत नभएपछि युवा संघ भद्रपुर नगर कमिटीको अगुवाईमा घर निर्माणको काम भइरहेको छ ।

स्थानीय रणबहादुर साँवाको लागि बस्न सकिने घर निर्माणका लागि युवा संघले अगुवाई गरिरहेको भद्रपुर नगर कमिटीका अध्यक्ष दिपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार अति समस्याग्रस्त घरमा वृद्धबा र आमाको दैनिकी कष्टकर देखेर बस्न मिल्ने गरीको घर निर्माण सुरु गरिएको हो ।

दाताहरुको समेत सहयोगमा घर निर्माण गरिरहेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । उनका अनुसार बरण्डासहित दुई वटा कोठाको घर निर्माणमा युवा संघले श्रमदान गरिरहेको छ । दैनिक १० जनाभन्दा बढि युवाहरुले घर निर्माणमा श्रमदान गरिरहेका छन् । माघ १० भित्र घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना बनाएको युवा संघ भद्रपुरले दाताबाट घर निर्माणका लागि आवश्यक सामग्रीहरुको पनि संकलन गरिएको बताइएको छ ।

स्थानीय दाताले १० धुर जग्गा साँवा परिवारलाई सहयोग गरेका थिए । सोही जग्गामा घर निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : पुष २७, २०८० शुक्रबार  १२ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]