जेष्ठ ६, २०८१ आईतबार

झापा क्षेत्र नं. १ का स्टेशनरी व्यवसायी संगठित

धुलाबारी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ ।

धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको अध्यक्षतामा सात सदस्य इकाई समिति गठन भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ । नवगठित समिति आगामी दुई वर्ष कार्यकालको रहने विधानत व्यवस्था छ ।

व्यवसायीको क्षेत्रीय भेलाले समितिको उपाध्यक्षमा चारआलीका गणेश काफ्ले, सचिवमा काँकडभिट्टाका खिलबहादुर घिमिरेलाई चयन गरेको छ । यस्तै सदस्यमा पूजा सापकोटा धुलाबारी, निखिल खड्का नक्कलबन्दा, कृष्ण भण्डारी धुलाबारी र रुद्रबहादुर बिष्ट मेचीनगर सर्वसम्मत चयन भएका छन् ।

सो कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष जीवन नेपाल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापाका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणी घिमिरे (चन्द्र) लगायतको उपस्थिति थियो । यसअघि क्षेत्र नम्बर ३,४ र ५ गठन भइसकेको छ । अब शनिवार क्षेत्र नम्बर २ को ईकाई भेलाले नयाँ समिति गठन हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुष २७, २०८० शुक्रबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]