जेष्ठ ६, २०८१ आईतबार

घिमिरेले बिर्तामोड उवासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ ।

घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताउनु भयो । उहाँ हाल संघको वाणिज्य उपाध्यक्ष हुनुहुन्छ । वाणिज्य संघ कुनै पनि पार्टीको राजनीति गर्ने थलो नभई व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको जोड छ ।

आफु पार्टीगत नभई स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यस कुरालाई सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नु भयो । व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंङ क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले वर्तमान नेतृत्वले राजनीति बाहेक केहि गर्न नसकेको बताउनु भयो ।

बिर्तामोड उद्योग वाणिज्य संघलाइ व्यवसायीको हितमा बनाउनको लागि अब आफुहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भीर हुन जरुरी रहेको घिमिरेले बताउनु भयो ।

राज सप्लायर्सका सञ्चालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा हुनुहुन्छ । हाल अलैंची व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहनु भएका घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अवार्ड प्राप्त गर्नु भएको थियो ।

व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ (शाखा) को सचिब हुनुहुन्थ्यो । व्यवसायी घिमिरे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

प्रकाशित मिति : पुष २७, २०८० शुक्रबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]