जेष्ठ ६, २०८१ आईतबार

भोली बिर्तामोडमा भक्का दिवस मनाइदै, हजारौंको सहभागिता हुने

बिर्तामोड । भोली पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले भक्का दिवस मनाउने भएका छन् । सातौँ संस्करणको भक्का दिवस बिर्तामोडस्थित डोलामाल राजवंशी रंगशालामा आयोजना गरिएको छ ।

भक्का दिवसको अवसरमा राजवंशी समाज विकास समितिले भव्य कार्यक्रमको आयोजना गरेको छ ।
झापाको बिर्तामोडमा प्रत्येक बर्षको पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइदै आएको छ । राजबंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सहभागी हुने छन् ।

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजा भक्काको प्रवद्र्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाउन थालिएको उनको भनाई छ ।

भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।
भक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् ।

कार्यक्रममा प्रस्तुुतिका लागि भारतीय गायिका नीलञ्जना राय झापा आउने पक्का भएको छ । पश्चिम बंगालकी राय सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी थिइन् ।

त्यस्तै, सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा सहभागी हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : पुष २८, २०८० शनिबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]