बैशाख २४, २०८१ सोमबार

सगरमाथा यातायातको अध्यक्षमा कोइराला

मेचीनगर । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् ।

शनिवार मेचीनगर–७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । कोइराला प्रनिक आयल स्टोरका सञ्चालक र मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष समेत हुन् ।

३ वर्षे कार्यकाल रहने समितिको सदस्यहरूमा प्रविन थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्री प्रसाद उप्रेती, विनोद सुवेदी, हरिप्रसाद मैनाली र टिकाराज दाहाल रहेका छन् ।

निर्वाचन समिति संयोजकमा प्रेमप्रसाद विमली तथा सदस्यहरूमा रामबहादुर थापा र विजय उप्रेती रहेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिका पूर्व मेयर विमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, सगरमाथा यातायात प्रालिका संस्थापक अध्यक्ष खगेन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित अध्यक्ष कोइरालाले ९५ प्रतिशत भन्सार छुटमा ल्याएका सुविधा युक्त ३० वटा गाडीहरू हाल धरान र विराटनगर रूटमा चलिरहेको बताए ।

निकट भविष्यमा लामो दुरीका रूटमा पनि गाडी सञ्चालन गरिने उनकोभनाई छ । ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई यातायातमा विशेष छुट दिइएको बताइएको छ । सगरमाथा यातायात प्रालिका अध्यक्ष मेदनीप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सञ्चालक समिति सदस्य नवीन काइरालाले र सञ्चालन प्रबन्ध निर्देशक प्रविन थापाले गरेका थिए ।

प्रकाशित मिति : पुष २८, २०८० शनिबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]