जेष्ठ ५, २०८१ शनिबार

माइधार दुर्घटनामा एकको मृत्यू, चार घाइते

बिर्तामोड । झापाको माइधारमा आज साँझ ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् ।

झापा ट्राफिकका अनुसार विवरण आउने क्रम जारी छ । मृतकको नाम पनि खुलेको छैन । बिर्तासिटी अस्पतालमा मोटरसाइकलमा सवार एक जनाको मृत्यू भएको बुझिएको छ । पूर्वबाट बा १४ च ६६०३ नम्बरको कार र विपरित दिसाबाट आइहरेको मे १० प ७२२१ नम्बरको मोटरसाइल एक आपसमा जुधेको ट्राफिक प्रहरीको भनाई छ । प्रहरीका अनुसार दुवै सवारी तीब्र गतिमा थिए ।

कारमा ४ जना र मोटरसाइकलमा २ जना सवार रहेको झापा ट्राफिकका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । चारको जनाको बिर्तामोडमा उपचार भइरहेको छ ।

कारमा रहेका बिर्तामोड ३ बस्ने बर्ष ५० को अनिल कुमार शाह, बिर्तामोड–४ बस्ने बर्ष–५३ को जय प्रकाश शाह र बिर्तामोड –३ बस्ने बर्ष–४४ को रञ्जन शाह घाइते भई बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको झापा ट्राफिकले जनाएको छ । बिर्तामोड –३ बस्ने बर्ष–५३ को ललित शाहको अनुहारमा सामान्य चोट लागेको छ ।

प्रकाशित मिति : पुष २८, २०८० शनिबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]