बैशाख २१, २०८१ शुक्रबार

भक्का दिवसको शुभकामना

सम्पादकीय
झापामा आज सातौं भक्का दिवस मनाइदैछ । भक्का भन्नसाथ राजवंशी समुदायको एउटा विशेष परिकार भनिन्छ । चामलको पिठोबाट बनाइने भक्का स्वादिष्टसँगै स्वथ्यकर हुने विश्वास छ । राजवंशी समुदायले भक्काको संरक्षणका लागि वर्षमा एक दिन दिवस नै बनाउने गरेका छन् । त्यसलाई विस्तारै सिङ्गो समाजले अपनत्व ग्रहण गरिरहेको छ । भक्का बनाउने राजवंशीले भनिए पनि खानका लागि सबै समुदायले प्रयोग गरिरहेको अवस्था छ । अझ, चिसो मौसममा धेरै मन पराइने भक्का व्यापारमा भने राजवंशी समुदाय बाहेक पनि सक्रिय भइरहेका छन् ।

राजवंशी समुदायमा भक्कालाई विशेष महत्व दिइन्छ । खानका लागि सबैले प्रयोग गरिरहे पनि यसको संरक्षणमा भने राजवंशी समुदायको अगुवाई छ । राजवंशी समुदायले भक्का मात्र होइन, समुदायको भाष संस्कृति, परिहनको पनि संरक्षणमा जुट्नुपर्ने देखिन्छ । भक्काको संरक्षण भएर मात्र हुदैन । पूर्व नेपालको तराईमा बसोबास गर्ने आदिवासी समुदाय राजवंशीको खानपान देखि संस्कार संस्कृति विशेष छ । यसैले नयाँ पुस्तामा पनि समुदायको लोपन्मुख कला, संस्कृति, भाषा र परिहनको संरक्षणमा चासो हुनुपर्छ ।

भक्कालाई राजवंशी समुदायबाट अगुवाई भएर दिवस मनाइरहेको अवस्था छ । यसलाई सामाजिक रुपमा सबैले अपनत्व ग्रहण गरेर साझा रुपमै आयोजन ागर्न अपरिहार्य छ । दिवसलाई निरन्तरता दिनुपर्छ । भक्का दिवस मनाएकै कारण देशभर चिनाउन पनि सकिएको छ । अर्कोतिर, सरकार पक्षले पनि भक्का दिवसलाई महत्व दिन अपरिहार्य छ । झापाको कचनकवल र हल्दिवारीले आज सार्वजनिक विदा दिएका छन् । विदा भन्दा पनि भक्काकै सन्दर्भमा कुनै रचनात्मक कार्यक्रम गरेर मनाउनुपर्छ । कार्यालय विदा गर्दा सेवाग्राहीका महत्वपूर्ण काम प्रभावित हुन्छन् । यसैले विदा भन्दा अन्य केहि गरेको भए हुन्थ्यो । भक्का, अब राजवंशी समुदायको मात्र होइन । यसलाई सबै समुदायको साझा बनाउन सकौं । अझ, राजवंशी समुदायबीच पनि बेमेल भएको सुनिन्छ । यसको पनि समाधान खोजेर सामुदायिक एकता बलियो बनाउन सकौं ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]