बैशाख २२, २०८१ शनिबार

गायव भएको पैसा फिर्ता भएपछि राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज विरुद्ध उजुरी

बिर्तामोड । राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखा विरुद्ध एक जना ग्राहकले उजुरी गरेका छन् । आफ्नो खाताबाट हराएको रकम फिर्ता भइसकेपछि आज बैंकको केन्द्रीय कार्यालय र इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी दिएको खातावाल आशा कुमारी राजवंशीका श्रीमान कृष्ण राजवंशीले जानकारी दिए ।

राजवंशीले आवश्यक छानविनका लागि भन्दै उजुरी दिएको इजलासलाई जानकारी दिएका छन् । उनका अनुसार बैंकमा श्रीमतिको नाममा रहेको खाताबाट ३ लाख ४३ हजार रकम हराएको थियो । विदेशबाट घर आएका बेला आफ्नो खाता नविकरण गर्न बैंक गएको थिए, राजवंशीले भने – त्यहि बेला श्रीमतिको खातामा रकम बारे जानकारी लिएको थिए । बैंकमा जम्मा गरेको रकम विवरण फरक परेपछि बैंकलाई त्यसबारे जानकारी मागे ।

उक्त रकम बारे बैंकले तत्काल खोजी गर्दा श्रीमति आशा कुमारी राजवंशीको एटीएम अर्कै व्यक्तिले लगेको हुँदा समस्या आएको बैंकका शाखा प्रमुख घनश्याम निरौलाले बताए । उनका अनुसार जानकारी पाएकै दिन एटीएम लैजाने व्यक्तिको घर पुगेर रकम फिर्ताका लागि पहल सुरु गरिएको थियो ।

बैंक कर्मचारीले एटीएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि कपीपेष्ट भएछ, प्रमुख निरौलाले भने – यो घटना नियतवश होइन, भुलवस भएकाले तत्कालै समाधान खोज्न जुटेका थियौं । एटीएम लैजाने व्यक्तिलाई घटनाका बारेमा बुझाएपछि उनले रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएका थिए ।

खातामा करिव ५ लाख नगद हुनुपर्नेमा डेढ लाख जति मात्रै हुदाँ राजवंशी परिवार झस्किएको थियो । सो रकम एटीएम लैजाने व्यक्तिले पनि कर्जा बराबरको व्याज तिरेर फिर्ता गरिसकेको उनको भनाई छ । कृष्ण राजवंशीको माग बमोजिम ३ किस्तामा रकम फिर्ता गरिएको थियो । स्थानीय जनप्रतिनिधी र भद्रभलाद्मीको रोहवरमा उक्त सहमति अनुसर रकम फिर्ता गरिएको बताइएको छ ।

एटीएम लैजाने व्यक्तिको छोरा रोमानियामा छन् । छोरा रोमानिया भएकाले खातामा पैसा पठाइरहेको भन्दै एटीएम लैजाने व्यक्तिले पनि चलाइरहेको पाइयो, निरौला भन्छन् – पैसा चलाउने व्यक्तिले कार्तिक २४ गते १ लाख, मंसिर ४ गते १ लाख ४० हजार र ५ गते १ लाख ३ हजार फिर्ता गरेका थिए । व्याज वापतको ७ हजार ५ सय रुपैयाँ मंसिर २० गते जम्मा गरेको बैंकको विवरणमा उल्लेख छ ।

छठभन्दा अघिको घटना भए पनि राजवंशीले आजै मात्र उजुरी दर्ता गराएको जानकारी दिए । उनले भने, मेरो पैसा फिर्ता भइहल्यो भनेर बसेको थिए । समाजका मान्छेले उजुरी गर्नुपर्छ भनेपछि गरिदिए । राजवंशी थप्छन्, उजुरी नगरे भविष्यमा अरुको पैसा हराए तिमिमाथि अनुसन्धान हुन्छ भनेपछि उजुरी गरेको हुँ । उजुरी गर्नुपर्छ भनेर बोलाएपछि आफुले पनि गरिदिएको बताए ।

आशा कुमारीको एटीएम अर्को व्यक्तिले भदौ १९ गते लगेका थिए । शिवगञ्ज र बिर्तामोडको एटीएमबाट ३ लाख ४३ हजार झिकिएको थियो ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]