जेष्ठ ५, २०८१ शनिबार

माइमेला सुरु

शिवसताक्षी । झापाको कनकाई माई किनारमा लाग्ने मकर संक्रान्ति माइमेलाको विधिवत उद्घाटन गरिएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. १० कनकाई माईको किनारमा आज नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले विधिवत उद्घाटन गरेका हुन् ।

मेला आजबाट माघ २ गते राती १२ बजेसम्म लाग्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । मेला व्यवस्थापनका लागि विभिन्न समितिहरु गठन गरिएको मेला आयोजक शिवसताक्षी नगरपालिका वडा न १० ले जनाएको छ ।

नगरपालिकाले मेलालाई सहज बनाउँदै वडा नं. १० लाई सहजीकरणका लागि लगाइको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले मेलामा शान्ति सुरक्षाका राम्रो व्यवस्था मिलाइएको जनपथ प्रहरी, नगर प्रहरी लगायत विभिन्न उपसमितिहरुलाई परिचलन गरिएको बताए । परापूर्व कालदेखि लाग्दै आएको धार्मिक मेलामा मकर नुहाउन आउने भक्तजन र मेला भर्न आउने महानुभावहरुलाई सहज बनाउन सबै समितिहरु परिचालन गरिएको उनले सुझाए ।

कन्काई माइ मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सर्कस, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु समावेश गरिएको मेला आयोजक समितिले जनाएको छ ।

मेला आयोजक समितिका संयोजक वडाध्यक्ष हर्क सिगुले मेलामा कनकाई पुलमा भीडभाड हुने हुँदा मेला भर्न आउने मानिसहरुलाई कनकाई नदिमा बैकल्पिक पुल निर्माण गरिएको जानकारी दिए । कनकाई पुलमा सवारी साधनहरुलाई सहज रुपमा आवत जावतका लागि प्रहरी तथा नगर प्रहरीले सहजीकरण गर्ने छन् ।

मेला करिब १० विगाह क्षेत्रफलमा लाग्ने भएको संयोजक सिगुले जानकारी दिए । शान्ति सुरक्षाका लागि २ सय ५० जना प्रहरी परिचालन गरिएको उनको भनाई छ । मेला माई पूर्व किनारमा समेत लाग्ने छ ।

मकर सङ्क्रान्तिको दिन मकर नुहाई तरुल, भ्यागुर, तिलको लड्डु, फलफूल, सेलरोटी खाए स्वास्थ्य राम्रो हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । स्वतस्फूर्त रुपमा वर्षेनी लाग्ने यो माई मेला पूर्वको सबैभन्दा ठूलो र धार्मिक रुपमा महत्वपूर्ण रहेको मेला हो ।

यहाँ मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असाम, मणिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाईको नदिको दुर्व किनारमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला सुरु भएको छ ।

प्रकाशित मिति : पुष २९, २०८० आईतबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]