जेष्ठ ५, २०८१ शनिबार

भेलामुनीबाट आमाछोरा पाँच दिनदेखि वेपत्ता

बिर्तामोड । झापा शिवसताक्षी –५ भेलामुनीकी द्रोपती ताजपुरिया दुई वर्षीय छोरा रोहनसहित वेपत्ता भएकी छन् । उनी पुस २६ गतेदेखि वेपत्ता भएको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनी छोरासहित माइती जाने भनेर हिडेको बुझिएको छ ।

२६ वर्षीया द्रोपती बुहारी र नाती २ वर्षीय रोहन ताजपुरियाको खोजी गरिदिन ससुरा भानुदेव ताजपुरियाले वडा कार्यालयसँगै शिवगञ्ज प्रहरीमा हुलिया बुझाएका छन् । सबै आफन्तसम्म पुग्दा पनि फेला नपरेकाले खोजी कार्यमा सहयोग गरिदिन ससुराले आग्रह गरेका छन् ।

उनको श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति : माघ १, २०८० सोमबार  ११ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]