बैशाख २०, २०८१ बिहीबार

माइमेलाको वेथिती सुधार गर

सम्पादकीय
हरेक वर्ष कनकाई माई मेलामा लाग्ने माइमेला पार्किङ शुल्क विवादमा आउने गरेको छ । मेला आउनेहरुको सवारी पार्किङमा ठेकेदार पक्षले मनोमानी शुल्क उठाउदै आएका छन् । सम्झौता रकमभन्दा पनि दोब्बर, तेब्बर पार्किङ शुल्क उठाइरहेको घटना सधैं दोहोरिने गरेको छ । वर्षमा एक दिन लाग्ने माइमेलामा आउने भक्तजन तथा सर्वसाधारणहरु यसै विषयले मारमा पर्ने गरेका छन् । कनकाई नगरपालिकाले ठेक्का लगाउने मेलामा पार्किङको वेथितीमा सुधार आउन सकेको छैन । हरेक वर्ष सवारीधनीहरु शुल्कको मारमा परेर ठगिने गरेका छन् ।

माघे संक्रान्ति माइमेलामै पुगेर मनाए जस्तो हुदैन । माघ १ गते माइमेला पुग्दा मात्रै माघे संक्रान्ति जस्तो हुन्छ । माइमेलामा झापाबासी मात्र होइन, देश बारिहबाट मानिसहरु आउने गरेका छन् । धार्मिक हिसावले पनि माइमा मकर नुहाउन आउनेहरु मेला बसेर जाने गर्छन् । तर, उनीहरु पनि विभिन्न हिसावले ठगिने गरेका छन् । माइमा पुजा गर्न आउनेहरु हुन् वा माइमेला भर्न आउनेहरु हुन्, कोहि कसैले कुनै पनि बहानामा ठग्न मिल्दैन । धार्मिक कार्यक्रममा पनि ठगिनुपर्ने बाध्यता कसैले भोग्न नपरोस् । यसका लागि नगरपालिकाले आवश्यक मापदण्ड बनाउनैपर्छ । मापदण्ड नमान्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।

हरेक सवारी पार्किङको फरक–फरक शुल्क तोकिएको थियो । १ सय तोकिएको ठाउँमा ३ सयसम्म उठाएको प्रमाण भेटिएको छ । यसले कनकाई नगरपालिका र माइमेला दुवैको बद्नाम गरेको छ । सधैं धार्मिकस्थलमा ठगिनुपर्दा एउटा धार्मिक अनुयायी अर्को पटक जान सक्दैन । र, माइमेलामा सवारी पार्किङको व्यवस्थापन वापत कुनै शुल्क नलिए पनि हुन्छ । एउटा सार्वजनिक स्थलमा गरेको पार्किङको शुल्क बुझाउन आवश्यक पनि छैन । नगरपालिका र ठेकेदारबीचको सम्झौता अनुसार बिल छापिएको थियो । तर, विल पनि फरक परेको छ । पछिल्लो वर्षहरुमा माइमेलामा भीड पनि घट्दै गइरहेको छ । यस्तै, वेथिती रहिरहने हो भने विस्तारै माइमेलाको महत्व पनि घटेर जानेछ । यसैले पार्किङको नाममा बद्मासी गर्नेहरुलाई नगरपालिकाले सवक सिकाउनै पर्छ ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]