बैशाख २२, २०८१ शनिबार

सिम्रिक सहकारीद्वारा बुट्टाबारीका १४० ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले बिर्तामोड -६ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै आज सहकारीले १४० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले ज्येष्ठ नागरिकलाई जाडो बढिरहेको बेला न्यानो कम्बल वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार कम्बल वितरण गर्दै ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन समेत गराइएको छ ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, वडाध्यक्षहरु सुर्य कन्दङवा, कृष्ण अविरल खरेल, संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमल बस्नेत लगायतले कम्बल वितरण गरेका हुन् । यसअघि कचनकवल, बाह्रदशीमा वितरण सम्पन्न गरिएको छ ।

६२ हजार सदस्य रहेको सिम्रिक सहकारीले चाँडै पाँचथर यसोकमा समेत कम्बल वितरणको तयारी गरिरहेको जनाएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको सहकारीले झापा,मोरङ,इलाम र पाँचथरसहितका जिल्लाहरुमा सेवा प्रदान गरिरहेको छ ।

सहकारी क्षेत्रले गरिव, विपन्नको परिवारमा जन्मदादेखि मृत्यूसम्म सेवा गर्ने संस्थाका कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए । कम्बल पाउने ज्येष्ठ नागरिकहरुले कम्बल वितरण गरेकोमा संस्थालाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  २ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]