जेष्ठ ५, २०८१ शनिबार

हराएकी छोरी खोजिदिन बुवाको आग्रह

बिर्तामोड । झापा शिवसताक्षी –५ सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

निशाको बुबा कुवेर ताजपुरियाले छोरीको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । पुस २८ गते घरबाट विहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिडेकी घर फर्किएकी छैनन् । इप्रका झिलझिलेमा दिएको हुलिया अनुसार कालो वर्णको साढे ४ फुट उचाई भएकी निशा कालो जिन्स पइन्ट र ज्याकेट लगाएरबाट घरबाट हिडेको बुवा कुवेरले जानकारी दिए । उनले कहिकतै देखेमा ९८२४९६४२६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

केहि दिनअघि सोही वडामा आमा छोरा समेत वेपत्ता भइरहेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनले वडाबासीलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ३ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]