बैशाख २५, २०८१ मंगलबार

बिर्तामोडका सन्थाल बालबालिकालाई ढुवानी व्यवसायी खत्रीद्वारा स्वीटर वितरण

बिर्तामोड । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज विहान उनले बिर्तामोड-३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् ।

पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठसहित स्थानीय अगुवाहरुको सहभागितामा वितरण गरिएको थियो । मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए ।

लाभान्वितका अभिभावकहरुले पूण्य कर्म गरेकोमा खत्रीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : माघ ४, २०८० बिहीबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]