जेष्ठ ५, २०८१ शनिबार

शिवसताक्षी ८ द्वारा हात्ती धपाउन साइरन वितरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्ती रातै पिच्छे गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट गर्न थोलेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका नागरिकलाई १० थान साइरन वितरण गरेको हो ।

जंगली हात्तीले झिलझिले, डुडाँमारी र धरमपुरका राजमार्ग उत्तरबाट रातको समयमा गाउँ प्रवेश गरेर घर भत्काउने, बाली नाली नष्ट गर्न थालेपछि हात्ती धपाउन साइरन वितरण गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए ।
लामो समयदेखि वडा नंं ८ मा हात्तीले धेरै जनधनको क्षति गरेको कारणले जंगल छेउका नागरिकलाई वितरण गरिएको उनले बताए । उनका अनुसार शिवसताक्षी नगरपालिकामा हात्ती प्रवेश गर्ने क्षेत्रमा १० हेलोजी लाइटको माग गरिएको छ । तत्काल लाइन पनि वितरण गरिने उनको भनाई थियो ।

शिवसताक्षीको उत्तर जंगलमा हाल १० ओटा रहेको स्थानीयबासी बताउँछन् । दिनभर जंगलमा बस्ने र रात साँझ पर्दै गाउँतिर झिर्ने गरेकाले नागरिकले सास्ती व्यर्होदै आएका छन् ।

शिवसताक्षी नगरपालिकाले यसअघि नै हात्ती धपाउन टर्च लाइट र साइरन वितरण गरेको छ । नगरबासीले माग गरे अनुसार ८ थान टर्च लाइन र ८ थान साइरन वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं. १,८,९,१० र ११ वडाका जंगलसँग जोडिएका क्षेत्रमा हात्तीले आतंक मचाउदै आएको छ ।

हालसम्म शिवसताक्षीमा मात्र जंगली हात्तीको आक्रणबाट तीन जनाको ज्यान गइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : माघ ४, २०८० बिहीबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]