बैशाख २१, २०८१ शुक्रबार

मन्टेश्वरीले ख्याल गरुन्

सम्पादकीय
अहिले साना नानीहरुलाई पनि विद्यालय पठाउन थालिएको छ । केहि वर्षअघिसम्म ५÷६ वर्ष नभई विद्यालय पठाउने चलन थिएन । तर, अहिले ३ वर्ष नपुग्दै विद्यालय पठाउन थालेको पाइन्छ । अभिभावकले आफ्नो व्यस्तताका कारण पनि छोराछोरीलाई उमेर नै नपुगी विद्यालय पठाउने गरेको पाइन्छ । विद्यालय अर्थात मन्टेश्वरी । मन्टेश्वरी अहिले टोल–टोलमा खुलेका छन् । टोलटोलमा खुलेका मन्टेश्वरीले गुणस्तरभन्दा पनि बच्चा तान्ने कुरालाई प्राथमिकता दिइरहेका छन् । जन्मनुभन्दा पहिले मन्टेश्वरी सञ्चालकहरुले बच्चा बुक गरिसकेका हुन्छन् । सत्य पनि यहि हो ।

मन्टेश्वरीमा खासै दक्ष, योग्य व्यक्तिलाई राखिएको पाइदैन । भएपनि कमै मात्रामा पाइन्छ । त्यहाँ पठनपाठनभन्दा पनि हेरचाह र मन्टेश्वरी जाने आदत बसाल्नका लागि गरिएको प्रयोग मात्रै हो । यतिवेला कठ्याङ्ग्रिदो जाडो छ । नानीहरुलाई नियमित पठाउने गरेका पाइन्छ । नपठाए पनि मन्टेश्वरीले लिनुपर्ने शुल्क लिइहाल्छ । यसैले अभिभावकहरु बच्चालाई पठाइरहेका छन् । मन्टेश्वरीमा पठनपाठन भन्दा पनि यतिवेला हेरचाहको लागि ख्याल गर्नुपर्ने देखिन्छ । चिसोमा बालबालिकाहरुलाई स्वास्थ्य जोखिम धेरै हुन्छ । यसैले हेरचाहमा मन्टेश्वरी सञ्चालकहरु सजग रहनुपर्छ ।

प्रायः मन्टेश्वरीहरुभित्र तातोको व्यवस्था भएको पाइदैन । धेरैजसो मन्टेश्वरीमा चिसो नै छ । जसले बालबालिकालाई समस्या भइरहन्छ । खानपानमा पनि लापरबाही हुने गर्छ । चिसो समयमा तातो खानेकुरामा जोड दिन जरुरी छ । पानी चिसो खुवाउनै हुदैन । यस्तो बेला बालबालिकाहरु शौचालय जाँदा भिजेर मात्रै निस्किन्छन् । उनीहरुको हेरचाहमा कमजोरी अवश्य छ । यसैले मन्टेश्वरीमा आफ्ना बालबालिका पठाउने अभिभावकहरुले अनुगमन गर्न जरुरी छ । स्थानीय तहको शिक्षा शाखाले पनि यो विषयलाई वेवास्था गर्न मिल्दैन । तत्काल मन्टेश्वरीमा छड्के जाँच होस् ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]