बैशाख २६, २०८१ बुधबार

तारा नमस्ते बालआश्रमका २३ बालबालिकालाई न्यानो कपडा वितरण

बिर्तामोड । बिर्तामोड–६ मा रहेको सुगम शान्ती नौमती बाजा साँस्कृतिक समुहले बालआश्रमका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । आज विहान आश्रम परिसरमा एक कार्यक्रमको आयोजना गदै कपडा वितरण गरिएको हो ।

बिर्तामोड–४ मा रहेको तारा नमस्ते बालग्रामका २३ जना बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको सांस्कृतिक समूहले जनाएको छ । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईको प्रमुख आतिथ्यतामा भएको

कपडा वितरण कार्यक्रममा बालआश्रमका अध्यक्ष नारायण प्रसाद पोखरेललाई हस्तान्तरण गरिएको थियो । अभिभावक नभएका बालबालिकालाई तारा नमस्तेले अभिभावकत्व प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  १० : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]