जेष्ठ ५, २०८१ शनिबार

शिवसताक्षीको दूधेमा ध्यान शिविर सञ्चालन हुने

शिवसताक्षी । झापाको शिवसताक्षीमा भावातीत ध्यान शिविर सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका–११ दूधेस्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्रको हलमा माघ ६ गतेबाट पाँच दिनसम्म शिविर सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविरमा कम्तीमा ८० जनाले सहभागिता जनाउने छन् भने, शिविर विहान ७ बजेबाट सुरु हुने छ ।

शिविरमा नगरपालिका कार्यपालिका सदस्यहरु, राष्ट्रिय पार्टी नगर प्रमुखहरु, नगरका आधारभुत तहसम्मका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रध्यानध्यापहरु, नगरपालिका शाखा प्रमुखहरु, नगरका धार्मिक तथा पर्यटकीय विकास समितिका प्रमुखहरु, स्थानीय सस्थाका प्रमुखहरुले सहभागिता जनाउने शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । शिविरको उद्घाटन झापा क्षेत्र नं. ४ का माननीय सांसद एलपि साँवा लिम्बुले गर्ने बताइएको छ ।

विभिन्न अन्तराष्ट्रिय वैज्ञानिक अनुसन्धानबाट प्रमाणित यो ‘भावातित ध्यान’ का माध्यमबाट ‘शारीरिक स्वास्थ्य, मानसिक शान्ती, बौद्धिक विकास र आध्यात्मिक उन्नति’ को लाभ लिन सकिनेछ । यसको ध्यान शिविरको प्रशिक्षण अन्तराष्ट्रिय स्तरको प्रशिक्षकबाट सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित गराइने भएकोले सहभागिहरु आफैले ध्यानको अनुभुती गर्ने कार्यक्रम अधिकृतले बताए ।

उनले मानिसमा बढ्दै गएको विचलनता, लोभ, मोह, क्रोध, अनियमिता, भष्ट्राचार, अनैतिकता नियन्त्रण साथै तनाब व्यवस्थापन, एन्जाइटी नियन्त्रण, भावनात्मक स्वास्थ्यमा सुधार, आत्माजागरण, स्मरण शक्तिमा सुधार, अनिन्द्रा हटाउने, पीडा कम गर्ने, रक्तचाप हटाउने लगायकता शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यमा सुधार ल्याइ सकारात्मक सोचको विकास गर्ने सबैभन्दा सरल, सहज र भरपर्र्दो माध्यम ध्यान रहेको भौतिक विज्ञानले पनी स्वीकारेको बताए ।

ध्यान शिविर शिवसताक्षी नगरपालिकाको आयोजनामा सञ्चालन हुने शिविरको संकल्प प्रतिष्ठानकोे प्राविधिक सहयोग रहने छ ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  ५ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]