बैशाख २३, २०८१ आईतबार

झापामा चालकको लापसे र मापसेसहित आखाँ जाँच

बिर्तामोड । सुरक्षित सडकको लागि सवारी चालकको लागुऔषध-मादक पदार्थ प्रयोग तथा आखाँ जाँच कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्रवार काँकडभिट्टामा आयोजित कार्यक्रममा १० जना चालकको लापसे चेक गरिएको थियो । त्यसमध्ये ६ जनामा प्रयोग गरेको भेटिएको झापा प्रहरलिे जनाएको छ ।

झापा प्रहरीका अनुसार ६ जनालाई नियन्त्रणमा लिई ईप्रका काँकरभिट्टामा राखिएको छ । यस्तै, ७५ जनाको आँखा जाँच सम्पन्न गरिएको छ । ५६ पुरुष र १९ जना महिलाको आँखा जाँच गरिएको बताइएको छ ।

झापा मेचीनगर –६ बसपार्कमा आन्तरिक मामिला तथा काननु मन्त्रालय कोशी प्रदेशको आयोजनामा सुरक्षित सडकको लागि सवारी चालकको लागु औषध-मादक पदार्थ प्रयोग तथा आखाँ जाँचको सुरु गरिएको थियो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा काननु मन्त्री शम्शेर राईको प्रमुख आतिथ्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश ईटहरी समन्वय र काँकरभिट्टा आई केयर सेन्टरको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, ईलाका प्रहरी कार्यलय काँकरभिट्टा झापाको कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारती, बिभिन्न संघ संस्थाका पदाधिकारीको सहभागितामा लागुऔषध- मादक पदार्थ प्रयोग तथा आँखा जाँच गरिएको थियो ।

प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]