बैशाख २५, २०८१ मंगलबार

भद्रपुर जेसीजको अध्यक्षमा पाण्डे निर्वाचित

भद्रपुर । भद्रपुर जेसीजको अध्यक्षमा टिकाराम पाण्डे (दिपक) निर्वाचित भएका छन् । आज भएको अधिवेशनमा वर्ष २०२४ का लागि पाण्डे निर्वाचित भएका हुन् । उनले ४७ मत प्राप्त गर्दै अध्यक्षका लागि विजयी घोषित भएको भद्रपुर जेसीजले जनाएको छ । उपविजेता रमेश कार्र्कीले ३७ मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्यकारी उपाध्यक्षद्वयमा अभिषेक प्रधान र रविन कार्की सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा सुरज श्रेष्ठ, हेडम्बराज निरौला, आदित्य दास र भुपाल घिमिरे सर्वसम्मत चयन भएको उपाध्यक्ष निरौलाले जानकारी दिए ।

अन्य पदाधिकारीहरुले निर्वाचित समितिले मानोनियन गर्ने भद्रपुर जेसीजले जनाएको छ । अध्यक्ष पदको निर्वाचनमा भद्रपुर जसीज सदस्य संख्या ९३ मध्ये ८७ मत खसेको थियो ।

प्रकाशित मिति : माघ ६, २०८० शनिबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]