बैशाख २१, २०८१ शुक्रबार

कनकाईको पालिकास्तरीय पुरुष फुटबलमा आयोजकको विजय सुरुवात

कनकाई – झापाको सुरुङ्गामा संचालन भएको जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले विजय सुरुवात गरेको छ ।

गौरीगञ्ज गाउँपालिका र आयोजक कनकाई नगरपालिका विच भएको उद्घाटन खेलको दोस्रो हाप पछि अर्थात ३७ औं मिनेटमा कनकाईको गोल पोष्टमा गौरीगञ्जले आत्माघाती गोल गरेपछि आयोजक कनकाई नगरपालिकाले अग्रता लिएको थियो ।

तत्काल गौरीगञ्ज तर्फका खेलाडीले एक गोल गरेपछि निर्धारित समय सम्म खेल बराबरीमा समापन भएका कारण ट्राइबेकरमा कनकाई नगरपालिकाले अग्रता लिएको हो । कनकाईका गोल रक्षक खेलको म्यान अफ द म्याच घोषित भएको आयोजक संस्थाका खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए ।खेलको दोस्रो दिन आइतबार झापा गाउँपालिका र कमल गाउँपालिका विच प्रतियोगिता संचालन ह«ने आयोजक समितिले जनाएको छ ।

माघ १७ गते समापन हुने प्रतियोगिताको प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको छ ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ ।

सोही अनुरुप कनकाई माविको खेल मैदानमा यहि माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन भएको हो । झापाका १० वटा पालिकाको बिचमा प्रतियोगिता संचालन गरिएको खेल संयोजक रमेशचन्द्र मैनाली बताउँछन् ।

प्रतिष्ठानका अध्यक्ष छवी थपलियाको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपालको राष्ट्रिय खेलाडी बन्न सफल कनकाई ३ का युवा खेलाडी रोहन कार्कीलाई विशेष सम्मान गरिएको थियो ।

खेल संयोजक रमेशचन्द्र मैनालीले स्वागत तथा प्रतिष्ठानकी सचिव मान्ता खरेलले संचालन गरेकोे कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता कृष्णवहादुर राई, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, सल्लाहकार समिति सदस्य कुमारमणी पोखरेल, ख्याम सिटौला, सन्तोष रायमाझी लगायतले प्रतियोगिताको सफलताको कामना गरे ।

प्रकाशित मिति : माघ ७, २०८० आईतबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]