बैशाख २०, २०८१ बिहीबार

नागरिकको माग सम्बोधन होस्

सम्पादकीय
झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा शुक्रवार भएको सार्वजनिक सुनुवाईमा आम नागरिकले विभिन्न सवालहरु उठाएका छन् । फोहोर व्यवस्थापनदेखि मेलाका होहल्लासम्मका सवालहरु उठाएका थिए । सार्वजनिक सुनुवाई भनेको एउटा औपचारिकता मात्र होइन । त्यहाँ उठेका सवालहरु समस्याहरु हुन् । नागरिकले आफ्ना समस्या उठाए पनि त्यो नगरको साझा समस्या हो । सार्वजनिक सुनुवाईले नागरिकको समस्याको उठान गरेको छ । नागरिकका समस्या मात्रै सुनेर समाधान गर्ने हो भने धेरै समस्याहरु हल भएर जानेछन् ।

बिर्तामोड नगरपालिकाले नागरिकको समस्या सुन्नकै लागि सार्वजनिक सुनुवाई गरेको हो । सुन्न मात्र होइन, समाधान गर्न पनि हो । जस्तो, बिर्तामोडको सडक क्षेत्रमा तारहरको अस्तव्यस्तता पनि उठाइएको थियो । कम्पनीहरुले तारको व्यवस्थापन गर्न सकेका छैनन् । सडकमा दुर्घटना हुने गरी तारको अवस्था लठिबद्र छ । तार राख्ने कम्पनीहरुलाई भनेर तत्कालै व्यवस्थापन गर्नैपर्छ । त्यसले आम नागरिकको मात्र होइन, नगरकै बद्नाम गरिरहेको छ । यसले बिर्तामोडको सुन्दरतालाई पनि कुरुप बनाएको छ । यसको व्यवस्थापनका लागि तत्काल नगरपालिका एक्सनमा जानुपर्छ ।

तारको व्यवस्थापनको सवाल मात्र होइन, व्यवसाय दर्ता नभई सञ्चालन भइरहेको , लागुऔषध दुव्र्यसनी, पार्किङका समस्या, मेला आयोजना गर्न दिएर होहल्लाको वातावरण भएको समस्याहरु उठाइएको थियो । अव नगरपालिकाले तत्कालै समस्याहरुको पहिचान गरेर समाधानमा लाग्नुपर्छ । लागुऔषधको समस्या सामान्य छैन । सडक मर्मतका क्रममा उस्तै समस्या देखिएका छन् । निर्माण सामग्री राखेर बाटोहरु अवरुद्ध छन् । सडक निर्माणको कामहरु अवरुद्ध छ । सबै समस्याहरुको समाधान खोज्न सार्वजनिक सुनुवाई महत्वपूर्ण बनोस् । तब मात्र आम नागरिकले उठाएको सवाल सार्वक बन्नेछ ।

प्रकाशित मिति : माघ ७, २०८० आईतबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]