जेष्ठ ४, २०८१ शुक्रबार

विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने हुनुभएको छ ।

छलफलका लागि उहाँले प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूलाई आज (आइतबार) बिहान ११ बजे सिंहदरबारमा बोलाउनुभएको छ।

सभामुख घिमिरेले समितिलाई सक्रिय बनाउने, जारी दफाबार छलफललाई तीव्र पार्ने, आगामी अधिवेशनमा विधेयक पेश गरिने लगायतका विषयमा आजको बैठकमा छलफल गर्ने उहाँका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो। सभामुख घिमिरेले समितिको कामकारबाही र गतिविधिबारे पनि जानकारी लिनुहुनेछ ।

प्रकाशित मिति : माघ ७, २०८० आईतबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]