जेष्ठ ५, २०८१ शनिबार

सतासीधाम जेसीजमा रकम अपचलनको विवादले अधिवेशन स्थगित

बिर्तामोड । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ ।

शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा रकम नदेखाई छल्न खोजेको भन्दै जेसीजका सदस्यहरुले प्रश्न उठाएपछि साधारण सभा स्थगित भएको हो ।
साधारण सभामा सदस्यहरुबाट वर्ष २०२३ का अध्यक्ष र कोषाध्यक्षमा माथि सदस्यहरुले प्रश्न गरेको २०२३ का कार्यकारिणी उपाध्यक्ष राजकुमार बस्नेतले बताए ।

साधारणसभामा दूधे तीज सांस्कृतिक महोत्सवमा आयोजकको रुपमा कन्काई फन वल्र्डले दिएको एक लाख एक हजार रकम अपचलन गरेको अध्यक्षमाथि आरोप लागेको छ ।

सतासीधाम जेसीजले फन वल्र्डबाट आएको रकम कोष बृद्धिका लागि राख्ने निर्णय गरेको थियो । तर जेसीजका वर्ष २०२३ अध्यक्ष र वर्ष २०२० अध्यक्ष एवम नेपाल जेसीजका पूर्व कार्यकारी अध्यक्षले मनपरी ढंगले जेसीज चलाएको र आयव्यय मिलन गरी रकम अपचलन गरेको जेसीजका सदस्यहरु कै आरोप छ ।

साधारणसभामा सतासीधाम जेसीजले दिएको प्रतिवेदनमा शिवसताक्षी वडा नं. ८ बाट विनियोजित युवाहरु लागि उद्घघोषण तथा क्षमता अभिबृद्धि तालिमबाट आएको रकम आम्दानीमा बाँधी खर्च देखाएको छ । तर, उक्त युवाहरु लागि उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सञ्चालन नगरिएको वडा नं.८ को कार्यालयले जनाएको छ । वडा नं. ८ का वडा सचिव पुष्प पाण्डेले भने, तालिमका लागि वडा नं. ८ ले सिफारिस दिएको हो । तालिम सम्पन्नताको वडाले सिफारिस दिएको छैन । तालिम गराइएको जानकारी महासचिवको प्रतिवेदनमा उल्लेख छैन ।

कोषाध्यक्षको प्रतिवेदनमा बिल भौचर विनाका हचुवाको तालिमा शिर्षक राखी आम्दानी र खर्च देखाएको बताइएको छ । कोषाध्यक्ष प्रतिवेदनका अनुसार ५ लाख ५८ हजार ८९९ सय रकम ठाडो अपचलन भएको देखिएको कार्यकारिणी उपाध्यक्ष राजकुमार बस्नेतले बताए ।

यता सतासीधाम जेसीजका पूर्व अध्यक्ष कुमार सिंह साँवाले वडामा सम्झौता भएको तर कार्यक्रम नगरेको स्वीकार गरेका छन् । उनले भने त्रुटी भएको छ । हामी छिट्टै कार्यक्रम गर्छौ । वडासँग सम्झौता भइसकेकाले आम्दानी बाधिँएको उनले बताए ।

सतासीधाम जेसीजका उपाध्यक्ष राजकुमार बस्नेत भन्छन्, बन्द सत्रमा प्रश्न उठेपछि होहल्ला भएर कार्यक्रम स्थगित भएको हो । जेसीजको कुनै पनि प्रतिवेदन पारित भएको छैन ।

सतासीधाम जेसीजका वर्ष २०२३ का अध्यक्ष निर्मला प्रधानले साधारणसभा सभ्य ढंगबाट सम्पन्न भएको बताइन् । केही अराजक व्यक्तिहरुले हुलदंगा गर्न खोजेका हुन् । उनले भनिन्, सतासीधाम जेसीजले कनकाई फन वल्र्डबाट आएको रकमले पुरानो ऋण तिर्देन भनेर बोर्डमा जानकारी गराएकी थिए । उक्त रकम जेसीजको कार्यक्रम सञ्चालनमा खर्च भएको उनको भनाई छ ।

अध्यक्ष र कोषाध्यक्षले अपचलन गरेको रकम खातामा जम्मा नगरेसम्म अधिवेशन हुन नदिने जेसीज सदस्यहरुले बताएका छन् । सतासीधाम जेसीजको साधारणको बन्द सत्र छलफलका क्रममा चित्तबुझ्दो जवाफ नआएपछि प्रतिवेदन पारित हुन नसकेको हुदाँ वर्ष २०२४ का लागि नेतत्व छनौट प्रकृया नै अघि बढ्न नसकेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : माघ ८, २०८० सोमबार  ७ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]