जेष्ठ ५, २०८१ शनिबार

झापा इनर्जी उद्घाटनका लागि भव्य तयारी

शिवसताक्षी । झापा इनर्जी प्रालिले १० मेगावाट सौर्य उर्जा उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जोडेको छ । शिवसताक्षी नगरपालिका वडा न. ४ स्थित बोलोचोकमा सञ्चालित झापा इनर्जी निजी क्षेत्रको सवै भन्दा धेरै क्षमताको सौर्य उर्जा कोशी प्रदेश कै ठुलो परियोजना हो ।

झापा इनर्जी परियोजनाको आगामी माघ २३ गते नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको झापा इनर्जी प्रा.लि.ले जनाएको छ ।

प्यानलकोे १२ मेगावाट उत्पादन गर्ने क्षेमता रहेको र १० मेगावट विद्युत प्राधिकरणमा जोडिएको संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जानकारी दिए ।

साँवाले नागरिकलाई उत्पादनसँग जोड्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको र उर्जालाई पर्यटनसँग जोड्नका लागि अन्य बाहिरी कामहरु सुरु गरिएको बताए ।

माघ २३ गते उद्घाटनको व्यवस्थापनका लागि नेकपा एमाले केन्द्रीय सदस्य दिपक कार्की, कार्यवहाक अध्यक्ष प्रेम गिरी, जिल्ला सचिव शिव ढुंगेल, प्रदेश कमिटी सदस्य, नेकपा एमाले नगर कमिटीले संयुक्त रुपमा छलफल गरेका छन् । झापा इनर्जीको कार्यालय परिषरमा नेकपा एमाले नगर कमिटीको विस्तारित बैठकमा उद्घाटन कार्यक्रमको व्यवस्थापनका लागि छलफल गरिएको नेकपा एमाले नगर अध्यक्ष मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ ।

परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ। सबस्टेसनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]