बैशाख २०, २०८१ बिहीबार

बंगुर उत्पादनमा जोड दिऊ

सम्पादकीय
झापाको बजारमा अहिले मासुमा लोकप्रिय बन्दै गएको बंगुरको हाहाकार बन्दै गएको छ । मासुमा अत्याधिक रुचाइएको बंगुरको यतिवेला चरम अभाव छ । किसानले बंगुर पालनमा विविध समस्या झेलेपछि उत्पादनमा पछि हटेका हुन् । बंगुर पालनमा किसानले रुचि नदेखाएपछि बजारमा त्यसको प्रत्यक्ष असर परेको छ । कोरोना महामारीको समयमा बंगुर पालक किसान धेरै मारमा परेका थिए । त्यसबेला मारमा परेका किसान फेरि अमेरिकन स्वाइन फ्लुका कारण आर्थिक क्षति व्यहोर्न बाध्य भए । मासु व्यापारीले मुल्य नदिने, दानाको भाउ वृद्धि भइरहने समस्याका कारण किसान बंगुर पालनाबाट हात झिके ।

अहिले बंगुरको मासु विक्रेतालाई ठुलो समस्या छ । ग्राहकलाई मासु धान्न सकेको अवस्था छैन । विहान एकैछिनमा मासु सकिएपछि दिनभर पसल बन्द गर्नुपरेको छ । विहानै मासु विक्री गरेर भोलीका लागि बंगुरको जोहो गर्न व्यवसायीलाई निकै चुनौति छ । बजारमा मासुमध्ये धेरै माग भएको बंगुर गाउँदेखि शहरसम्म अभाव छ । एक बेला किसानले मुल्य नै पाएनन् । किनभने, त्यो बेला बंगुर फालाफाल थियो । बंगुर पालनमा पैसा देखेपछि धेरैले बंगुर फर्म खोले । स्थानीय तहले पनि सहयोग गर्ने भेऊ पाएका किसानले अन्ततः पलायन नै हुनुपरेको छ ।

गाउँघर पिच्छे बंगुर फर्म सञ्चालन गर्न थालेपछि व्यापारीको मनमौजी चलेको थियो । अहिले ४० हजारमा खरिद गरेका बंगुरहरु त्यसबेला १० हजार पनि मुस्किलले हाल्ने गर्थे । अर्थात, व्यापारीको मुल्यमा बंगुर दिनु परेको थियो । हौसिएर सबैले बंगुर मात्रै पाल्ने गर्नु हुदैन । बजारको मागको आधारमा पाल्नुपर्छ । धेरै पाल्दा पनि मुल्य कम पाइन्छ । कम हुँदा पनि व्यापारीलाई अभाव हुन्छ । उपभोक्ताको आवश्यकता पुरा हुन सक्दैन । यसैले दुई तर्फको हित हुने गरी बंगुर पालन गर्नुपर्छ । पशु पालनमा राम्रो आम्दानी छ । यसलाई व्यवसायिक रुपमा पाल्ने हो भने आर्थिक उन्नति पनि गर्न सकिन्छ । यसैले बजारको अभाव टार्नका लागि सोही अनुसारको तयारी गरियोस् । अब, जिल्लामा दुई सातासम्म मात्रै बंगुरले माग पूर्ति गर्ने सूचनाहरु छन् । यसैले नविक्ने गरी होइन, माग अनुसारको उत्पादन अनिवार्य भएको छ ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]