जेष्ठ ४, २०८१ शुक्रबार

जित्ने निश्चित हुँदाहुँदै कोशीमा माओवादीलाई धोका

विराटनगर : राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले नेतृत्वबाटै धोका भएको आरोप लगाएकी छन् ।

सत्तारूढ गठबन्धनको मतको आधारमा आफूले जित्ने निश्चित हुँदाहुँदै पनि पराजित बनेपछि कार्कीले यस्तो आरोप लगाएकी हुन् ।

बिहीबार सम्पन्न निर्वाचनमा उनी एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुन पुगिन् । सत्ता गठबन्धनको तुलनमा ८ सय कम रहेको एमालेकी कोइरालाले अप्रत्याशित जित निकालिन् ।

कोइराला ५ हजार ८६ मतका साथ विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् । तर, अन्यतर्फ गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए ।

निर्वाचनको नतिजापछि कार्कीले राजनीति संभावनाको खेल भएकाले सिधा र सरल रेखाबाट अघि नबढ्ने बताइन् । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले भनिन्, ‘जी तहार स्वाभाविक कुरा हो । तर, यो निर्वाचन जनस्तरमा भएको थिएन । नेता र नेतृत्व तहबाट नै यति ठुलो बेइमानी ,षड्यन्त्र ,धोका कल्पना पनि गर्न सकिन्न ।’ निर्वाचनको परिणामबाट आफूले ठूलो शिक्षा पाएको उनले बताएकी छन् ।

प्रकाशित मिति : माघ ११, २०८० बिहीबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]