बैशाख २३, २०८१ आईतबार

महिलाहरुका लागि उद्यमशिलता तालिमको समापन

शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम आज समापन भएको छ । तालिम गएको ८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो ।

तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिए । उनले महिलाहरुले समूह बनाई हर्पिक, फिनेल लगायतका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न समेत आग्रह गरेका छन् ।

तालिम आयोजक संस्था सम्पन सवल नेपालकी अध्यक्ष लिलादेवी शिवलालले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर धेरै महिलाहरुलाई आय आर्जन गर्न सक्षम बनाएको जानकारी दिइन् । उनले शिवसताक्षी नगरपालिकामा तालिम मात्र होइन शिवसताक्षी ९ निवासी डिल्ली माया सुवेदी (धताल)की छोरी रस्मिता धिताललाई कक्षा १० सम्म पढाइदिने जिम्मा लिएकी छन् । विपन्न परिवार र आमा डिल्ली माया पनि विरामी अवस्थामा रहेकीले छोरी रस्मिकालाई पढाइदिने जिम्मा लिएको अध्यक्ष शिलवालले जानकारी दिइन् । रस्मिका श्री भगवती मावि व्याङ्गडाँडामा पढ्छिन् । उनको पढाईको लागि आवश्यक खर्च दिने शिलवालले बताइन् ।

त्यस्तै तालिम समापनका क्रममा बोल्दै वडाध्यक्ष डिल्लीलाल फेम्बुले महिलाहरुले तालिममा सिकेको कुरालाई व्यवसायिक बनाउन वडाबाट १ लाख सम्म बजेटको व्यवस्था गरिदिने घोषणा गरे । तपाईहरु सिकेको सिपबाट उद्यमी बन्छु भनेर आउहोस् म कामको थालनी गरिदिन्छु । उनले भने, यहाँ तालिम लिएका महिलाहरुबाट छनोट गरी वडाले कामको फिनेल, हर्पिक, साबुन बनाउनका लागि सुरुवात गरिदिन्छ ।

तालिममा वडा नं. ९ का ३५ जना महिलाहरुले सहभागिता जनाएका थिए । तालिमको सहजीकरण रोहिणी प्रसाद बरालले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी देविना पराजुली लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : माघ १२, २०८० शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]