बैशाख २४, २०८१ सोमबार

विकास–निर्माणमा केन्द्रित हुनुपर्नेमा मन्त्री गुरुङको जोड

झापा – सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास–निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६० विगाह जमिन पालिका तथा सङ्घसंस्थालाई हस्तान्तरणबारे सरोकारवालसँग शुक्रवार भएको छलफलमा सबै पार्टीले विकास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विकास–निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै मन्त्री गुरुङले मेचीनगर नगरपालिका क्षेत्रका राजनीतिक दलबीचमा हुने एकता, सहकार्य कोशी प्रदेशकै नमूना बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कर्मचारीहरुलाई निर्धक्क काम गर्न आग्रह गर्दै राजनीतिक दलबाट गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पालिकाका प्रमुख गोपाल बुढाथोकीले नगर क्षेत्रमा रहेको आवास कम्पनी मातहतको जग्गासम्बन्धी तथ्याङ्क सहितको फायल मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो । उहाँले चाँडोभन्दा चाँडो जग्गाको समस्या समाधानका निम्ति आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति : माघ १३, २०८० शनिबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]