बैशाख २३, २०८१ आईतबार

शिवसताक्षीका ४ सय विपन्न समुदायलाई खाट वितरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो ।

वडाका विपन्न समुदाय जाडोमा चिसो भूईमा सुत्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । यहाँका ४ सय परिवारलाई मिनी खाट वितरण गरिएको छ । उनले भने, वडमा अधिकांश विपन्न समुदाय बस्छन् । जसको घरमा खाट छैन, यो माघको जाडोमा भुइमा सुत्नुपर्ने बाध्यता छ ।
खाटमा १९ एमएमको प्लाइमा छोटो खुट्टा बनाई मिनी खाट तयार गरी वितरण गरेको हो । प्रसाईका अनुसार राज्यको रकम नभई विशुद्ध संघ संस्थाको सहयोगमा काम गरिएको हो ।

शिवसताक्षी ४ मा को सौर्य परियोजना झापा इनर्जी सोलर प्यालन ढुवानीका क्रममा सुरक्षाका लागि प्यानलका दुवै पट्टी लगाइएको प्लाइ सहयोग मागी खाट निर्माण गरिएको अध्यक्ष प्रसाईको भनाई छ । जसमा लाग्ने खाटको खुट्टा र मिश्री खर्च विभिन्न संघ संस्थाको सहयोग रहेका उनले बताए ।

वडा नं. ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव सतार, कर्मचार, मिश्री, थारु, तेली, राजवंशी ताजपुरिया जातिहरुको बाहुल्य रहेको छ । वडाले यस अघि विपन्न समुदायका अपाङ्गता भएका व्यक्तिहरुलाई ज्याकेट वितरण गरेको थियो ।

प्रकाशित मिति : माघ १४, २०८० आईतबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]