जेष्ठ १३, २०८२ सोमबार

बिर्तामोडमा मजदुरी गर्ने प्रसाई : जसले ‘अवैध सम्बन्ध’ भएको दुई दिनमै हत्या गरे

बिर्तामोड । झापाको अर्जुनधारा – ६ महानन्द चोकमा मृत फेला पर्ने ५० वर्षीया माया पुलामी मगरको हत्या हुनुको कारण अवैध सम्बन्ध भएको खुलेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै बिर्तामोड प्रहरीले हत्यामा संलग्न व्यक्ति सार्वजनिक गरेको हो । हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्दै अवैध सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

माघ ८ गते प्रहरीले महानन्द चोक पश्चिम ब्याडमिन्टन कोर्ट नजिकै बिर्तामोड –५ बस्ने मगरलाई मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा महिलाको टाउकोमा ढुङ्गाले हिर्काएको हुन सक्ने शंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा कुकुर समेत प्रयोग गरेको प्रहरीले बिर्तामोड –८ का ४६ वर्षीय चन्द्र प्रसाद प्रसाईलाई पक्राउ गरि पत्रकार सम्मेलन मै सार्वजनिक गरिसकेको छ । बिर्तामोडका डिएसपी सुरज कार्कीले हत्याको कारण अवैध सम्बन्ध भएको जानकारी दिए ।

बिबाह गर्छु भन्दै अवैध सम्बन्ध बनाएका प्रसाईले ढुङ्गाले हिकाएर मारेको प्रहरी समक्ष स्वीकार गरेका छन् । डिएसपी कार्कीका अनुसार प्रसाई आसामबाट ०७२ मा नेपाल फर्किएका हुन् । दैनिक मजदुरी गर्ने प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका थिए । प्रसाईले पटक–पटक मगरलाई शारिरीक सम्बन्ध समेत राखेको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रसाईको माघ ६ गते मृतक र मृतकको साथी ऐनु राईसँग विर्तामोडस्थित पश्चिम स्टेण्डमा भेट भएको थियो । राईले चन्द्र प्रसाद प्रसाई र माया पुलामी बिच शारीरिक सम्वन्ध राख्न सहमति गराएको प्रहरीको अनुसनधानबाट खुलेको छ । प्रसाईले आफ्नो डेरा कोठामा लगेर आफु कार्यरत निर्माणधीन घरको दोस्रो तलामा एक पटक शारीरिक सम्वन्ध राखेको र सोहि समयमा मृतकसँग ७ गते राति भेट्नेसमेत सल्लाह भई छुटेको बुझिन्छ ।

७ गते साँझ प्रसाईले निज माया पुलामी मगरलाइ खोज्दै अर्जुनधारा ६ पुलचौकमा भेटेर मायासँग गफगाफ गर्दै घटनास्थल तर्फ लगेको प्रहरीलाई जानकारी दिए । व्याटमिन्टन खेल्ने हलको ढोका छेउमा बसी कुराकानी गर्ने क्रममा प्रसाइले माया पुलामी मगरसँग विवाह गर्ने प्रस्ताव गर्दा उल्टै दाहिने आँखामा हातले हानेको प्रसाईको भनाई छ । मायाको कुटाईपछि आँखा तिरिमिरि भएपछि मार्ने नियत राखेर सडकमा भेटेको ढुङ्गा मृतकको टाउकोमा पटक–पटक प्रहार गरी प्रसाईले हत्या गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : माघ १५, २०८० सोमबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]