बैशाख २३, २०८१ आईतबार

मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा कार्की

मेचीनगर । पत्रकार अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका छन् ।

पाउ पाथिभरा सञ्चार प्रालिद्वारा सञ्चालित मेचीनगर अनलाइन डटकमका सम्पादक-सञ्चालक अर्जुन कार्की मेची उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् ।

यहि माघ १४ गते बसेको कार्यकारीणी समितिको वैठकले कार्कीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले बताए ।

मेचीनगरको भुगोललाई कार्यक्षेत्र बनाएर विगत १५ वर्षदेखि क्रियाशिल पत्रकार कार्की अनुभवका हिसावले अब्बल सञ्चारकर्मीका रुपमा स्थापित छन् ।

कार्कीले यसअघि जनसंसद् दैनिक, लोकतन्त्र पोष्ट दैनिक, जनआन्दोलन साप्ताहिक लगायत थुप्रै सञ्चार संस्थाको सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

प्रकाशित मिति : माघ १७, २०८० बुधबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]