जेष्ठ ३, २०८१ बिहीबार

‘फर्जी लिखत’ को बदर माग जायज

सम्पादकीय
केहि वर्षदेखि मौलाएको मिटरव्याजले देशभर सयौं परिवार विचल्लीमा परेको छ । हजार लिएकाहरु लाखौं बुझाउनु पर्दा विचल्लीमा परेका छन् । अनौपचारिक लेनदेन गरेका अधिकांश परिवारहरु अहिले मिटरव्याजको चपेटामा छन् । समस्या परेका बेला औपचारिक व्यवहार नगरी पैसा लिएकाहरु विस्तारै समस्यामा परिरहेका छन् । जसको अन्तिम रुप मिटरव्याज बनिरहेको छ । मिटरव्याजका कारण कतिपयको ज्यान गएको घटनाहरु पनि छन् । त्यसैले लेनदेन गर्दा औपचारिक रुपमा गर्ने बानी बसालौं । मिटरव्याजी धन्दावालहरुको धन्दाबाट बचौं ।

देशभरका मिटरव्याज पीडितहरु अहिले देशव्यापी आन्दोलनमा होमिएका छन् । भर्खरै पूर्वको झापाबाट मिटरब्याज पीडितहरुले मेचीपुलबाट ‘न्याय यात्रा’ थालेका छन् । ‘न्याय यात्रा’मा विभिन्न जिल्लाका ५० जना पीडितहरु सहभागी छन् । यात्रा अवधिभरको लागि खाने र बस्ने वन्दोवस्त गरेर हिडिरहेकाहरु पैदलै हिँडेर चितवन पुग्ने र १५ दिनमा काठमाडौं पुगेर वृहत विरोध प्रदर्शन तयारीमा छन् । पूर्वमा मेची मुलबाट थालिए जस्तै पश्चिम महेन्द्रनगरको गड्डाचौकीबाट समेत ‘न्याय यात्रा’ सुरु भइसकेको छ ।

मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिले विभिन्न माग राख्दै यात्रा थालेका छ । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने तागतसहित यात्रा थालनी गरिएको छ । ‘फर्जी लिखत’ बदर हुनुपर्ने र ‘पीडितको सम्पत्तिको हक हस्तान्तरण’ खारेज हुनुपर्ने माग जायज छ । झापा समेत अत्याधिक पीडित रहेको जिल्लामा परिचित छ । यो आन्दोलनलाई सफल बनाउनका लागि सबै सरोकारका क्षेत्रले चासो दिन आवश्यक छ । र, आगामी दिनमा यस प्रकारका कुनै पनि अनौपचारिक कारोवार नगरौं र गर्न पनि नदिऔं । यसका लागि आम नागरिकमा जनचेतना जगाउनुपर्छ ।

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  १२ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]