बैशाख २२, २०८१ शनिबार

सहयोगी मनले बाढ्यो अर्जुनधारामा न्यानो कपडा

इन्द्रकुमार राई

शनिश्चरे । सहयोगी मनहरु नेपाल दमकले आज अर्जुनधारा नगरपालिका – ८ स्थित तुतबारी टोलका अति विपन्न वर्गलाई जाडोमा ओढ्ने न्यानो कपडा एक कार्यक्रमबीच वितरण गरेको छ ।

हर दुःखीको आवाज सहयोगी मनहरु नेपाल दमकको आयोजना तथा अर्जुनधारा नगरपालिका –८ वडा कार्यालयको समन्वयमा जाडोका लागि ओढ्ने न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका –८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले टोलका अति विपन्न वर्गहरु यसोदा मगर, लिला मण्डल , पोरेश मण्डल, अकालु मण्डल, राम प्रसाद राजवंशी, नन्द कुमार मुसर, फागुलाल चौधरी, रेनुका किस्कु, नम्रता हेमरम, सबिना मुर्मु, टेक बहादुर राई, राम बहादुर भुजेल, खम्बु राना मगर, रिया ऋषि देव, पूर्ण देवी बाँस्कोटा, श्याम दनुवार र धनमाया लम्जेललाई कम्बल, डसना र म्याट १-१ थान गरी जनही जम्मा ३ थान वितरण गरेका हुन् ।

वितरण कार्यक्रममा सहयोगी मनहरु नेपालका अध्यक्ष भिमप्रसाद आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाले स्थापना कालदेखि नै गरीब–दुःखीहरुको झुपडी, झुपडीमा गई यस किसिमका सेवाहरु पु¥याउँदै आइरहेको उनले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब- दुःखीहरलाई न्यानो कपडाहरु वितरण गरिएको उनले प्रष्ट्याए ।

अध्यक्ष आचार्यको सभापतित्व तथा सचिव विष्णु उप्रेतीको सञ्चालन रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका – ८ का वडा सदस्य ऋषि घिमिरे, सहयोगी मनहरु नेपालका उपाध्यक्ष सुमनराज रिमाल, सदस्यहरु सुजता गुरुङ मगर, दिपा अधिकारी ,दिपेश खनाल ,ख्याम ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा कम्बल, डसना र म्याट १७-१७ थान वितरण गरिएको बताइएको छ । वितरण गर्न बाँकी रहेको न्यानो कपडाहरु चाडै गरीबहरुको घरघरमा गएर वितरण गरिने वडा अध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]