जेष्ठ ३, २०८१ बिहीबार

क्यान्सरमुक्त जीवन बाँचौं

सम्पादकीय
मानव जीवनमा सबैभन्दा घातक मानिन्छ, क्यान्सर रोग । कोहि क्यान्सरको सुरुवातमै कमजोर हुन्छन् । कोहि क्यान्सरको जटिल चरण समेत पार गरेर नयाँ जीवन पाइरहेका हुन्छन् । क्यान्सर भन्नासाथ बाँच्नै नसकिने रोग भन्ने आम बुझाई छ । तर, क्यान्सर जीतेर नयाँ जीवन पाउनेहरुको कथा धेरै छ । क्यान्सर लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट बच्न सकिन्छ । अझ क्यान्सरको लक्षण थाहा पाउनसाथ उपचार गरियो भने, तुलनात्मक रुपमा खर्च पनि लाग्दैन । क्यान्सरसँग भयाभित हुनुपरेको छ । किनभने, क्यान्सर बारे सामान्य ज्ञान पनि नागरिकमा छैन ।

आज विश्व क्यान्सर दिवस । आज विश्वभर यस दिवसको अवसर पारेर क्यान्सर संबद्ध क्षेत्रहरुले कायृक्रम गरी मनाउने छन् । आजको दिनलाई क्यान्सर बारे ज्ञान दिने दिवसका रुपमा मनाउन जरुरी छ । यसको उपचार जटिल छ । कहिले काहिं असंभव पनि हुने गरेको छ । क्यान्सर उपचार खर्चिलो भएकाले विरामी र त्यसको परिवार मनोवैज्ञानिक हिसावले कमजोर भएको पाइन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार खोज्नुपर्छ । सही समयमा, सही ढंगले उपचार भएमा क्यान्सरमुक्त भइन्छ । नेपालमा पनि क्यान्सरको उपचार हुने गरेको छ । झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल स्थापना भएदेखि क्यान्सरका विरामीलाई ठुलो राहत पनि भएको छ ।

क्यान्सर उपचारका लागि भारत सहित अन्य राष्ट्र जानुपर्ने बाध्यता लगभग अन्त्य भएको छ । बाहिर जानुपर्ने र आर्थिक रुपमा पनि विरामी परिवारहरु सुरक्षित भएको अवस्था छ । भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा आधा दर्जन बढी अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ । क्यान्सरको उपचार छ । वा, क्यान्सर लागेपछि समूचित ढंगले उपचार खोजेमा त्यसको निदान हुन्छ । यद्यपी क्यान्सरको लक्षण देखापर्नसाथ उपचार भने खोज्नुपर्छ । क्यान्सर भएर उपचार गर्नुभन्दा क्यान्सरमुक्त जीवन बाँच्नु नै सर्बोत्तम हो । त्यसका लागि सोही अनुसारको जीवनयापना अपनाउन जरुरी छ । क्यान्सर कसरी लाग्छ ? लागिहालेमा शरीरलाई क्यान्सर प्रतिरोधी बनाउनुपर्छ । वातावरण पनि क्यान्सरको कारण बनेको छ । धुलो, धूँवा, विकिरण, रसायनको प्रयोग, विषाक्त खानेकुराले क्यान्सरको जोखिम बढाइरहेको छ । यस तर्फ सबैले ध्यान दिऔं ।

प्रकाशित मिति : माघ २१, २०८० आईतबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]