जेष्ठ २, २०८१ बुधबार

महिलालाई झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

बिर्तामोड, माघ २१ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ ।

सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।

छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।
यो संस्करणमा कम्तिमा एक सयजना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ ।
सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : माघ २१, २०८० आईतबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]