जेष्ठ २, २०८१ बुधबार

विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने, जुन १९ मा खेलिने

काठमाडौं, २२ माघ । विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ । संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उदघाटनका कुनै कार्यक्रम भने हुन्न ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् । विश्वकपको उदघाटन खेल भने मेक्सिकोमा हुने फिफाले जनाएको छ । मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।

अमेरिकाले सन् १९९४ मा पहिलाे पटक विश्वकप फुटबलकाे आयोजना गरेको थियो भने सन २०२६ मा दाेस्राे पटक गर्न लागेकाे हाे ।

 

प्रकाशित मिति : माघ २२, २०८० सोमबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]