जेष्ठ ४, २०८१ शुक्रबार

एमाले अध्यक्ष ओलीबाट झापा इनर्जीको उद्घाटन, वार्षिक आम्दानी १२ करोड ८५ लाख

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा इनर्जीको उद्घाटन गरेका छन् । ओलीले मंगलवार शिवसताक्षी –४ बुलोचोकस्थित परियोजनाको उद्घाटन गरेका हुन् । परियोजनाको शिलान्यास संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए ।

कोशी प्रदेशको ठुलो सौर्य परियोजना उद्घाटन गर्दै अध्यक्ष ओलीले कृषि उर्जाबाट मात्रै संवृद्धि हासिल गर्न सकिने बताएका छन् । उनले समृद्धिको लागि उर्जा क्षेत्र उपयोगी भएको बताए । उर्जा र कृषिबाट अधिकतम लाभ लिन सकिने भन्दै ओलीले त्यसमा मेहनत गर्नुपर्ने बताए । युवाहरुमा जागिरे प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै ओलीले भने – कृषि र उर्जामा लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ । त्यसका लागि राज्यले समेत लगानीमा सहयोग गनुपर्ने धारणा राखे ।

१० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजना जिल्लको पहिलो विद्युत उत्पादन गृह हो । परीक्षणकाल सकेर अहिले मेन ग्रिडमा जडान भइसकेको छ ।

परियोजनाका परिकल्पनाकार एवम् अध्यक्ष एलपी साँवाले अगुवाइ गरेको परियोजनामा ८५ करोड लगानी भएको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको हो ।
परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुने बताइएको छ । जसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिन्छ ।

भव्य सहभागितामा उद्घाटन गरिएको कार्यक्रममा सञ्चालक पवित्रा महतारा प्रसाईले स्वागत गरेकी थिइन् भने सञ्चालन प्रवन्ध निर्देशक सुवास भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : माघ २३, २०८० मंगलबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]