बैशाख २३, २०८१ आईतबार

शिवसताक्षीमा राष्ट्रपति रनिङ शिल्ड माघ २५ देखि

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

यही माघ २५ गतेबाट २७ गतेसम्म शिवसताक्षी नगरपालिका वडा नं. ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिका शाखा शाखाले जनाएको छ ।
प्रतियोगितामा शिवसताक्षी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाउने छन् ।

राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका,२०७० पाँचौ संशोधन २०८० अनुसार शिवसताक्षी नगरपालिकामा स्थानीय स्तरमा संचालन हुने प्रतियोगिता संचालन तथा ब्यवस्थापन समितीको संयोजकमा नगर प्रमुख श्री मेगाहाङ्ग थोप्रा रहेका छन् ।

त्यस्तै प्रतियोगिता सन्चालन हुने सम्बन्धित विद्यालयका प्रधानाध्यापक श्री रमेश कुमार दहाल सदस्य सचिव छन । शिक्षा शाखा प्रमुख, सम्बन्धित वार्ड अध्यक्ष, प्रहरी प्रमुख, जिल्ला खेलकुद समितीको प्रतिनिधी,सामुदायिकरसंस्थागत विध्यालयको शिक्षक,सम्बन्धित खेल संघका प्रतिनिधि सहितको समितिको निर्णयानुसार आयोजना हुने खेलको औपचारिक उद्घाट माघ २५ गते ११ बजे देखि नगर प्रमुख मेगाहाङ थोप्राको अध्यक्षता तथा झापा क्षेत्र न.४ का प्रतिनिधि सभा सदस्य माननीय एलपी साँवा लिम्बुको प्रमुख आतिथ्यता सञ्चालन हुने शिवतसाक्षी नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदय माननीय राधाकृष्ण खनाल, नगर उप प्रमुख, सम्पुर्ण वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत,कर्मचारीहरु,विद्यालय प्रधानाध्याक लगायतको उपस्थिति रहने बताइएको छ । रनिङ्ग शिल्ड प्रतियोगितामा विजेता विद्यार्थीहरु जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।

प्रकाशित मिति : माघ २४, २०८० बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]