जेष्ठ ४, २०८१ शुक्रबार

कृषिथोक बजार बिर्तामोडको निर्वाचनमा गठबन्धन कै अवरोध

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजार व्यवस्थापन समितिको आज हुने भनिएको किसानको निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको लागि सहमति नजुटेको भन्दै सूचना टासेर निर्वाचन स्थगित गरिएको छ ।

बिर्तामोडको कृषिथोक बजारमा दलहरुको हस्तक्षेप बढेपछि निर्वाचन प्रभावित बनेको हो । आज विहान बिर्तामोडका स्थानीय राजनीतिक दलहरुबीच निर्वाचनका लागि वार्ता भएको थियो । वार्ताका क्रममा एमाले मात्रै निर्वाचनको पक्षमा खुलेको छ ।

नेपाली कांग्रेस, माओवादी, राप्रपा र रास्वपाले बहिस्कार गरेका कारण निर्वाचन स्थगित भएको अध्यक्ष कमल पौडेलले जानकारी दिए । उनले भने – फर्जी किसान प्रतिनिधि आएको भन्दै एमाले बाहेकका दलहरुले छानविनको माग गर्नुभएको छ । छानविन नभएसम्म निर्वाचनमा सहमति नहुने अडान राखेपछि निर्वाचन कार्यक्रम अघि नबढेको हो ।

२१ गतेदेखि विवाद कै कारण स्थगित भइरहेको निर्वाचन कार्यक्रम दलीय किचलोमा परेको छ । ८ वटा पालिकाले पठाएको किसान प्रतिनिधिहरुमा कांग्रेस सहितका दलहरुले विवाद झिकेका हुन् । किसानमा गठबन्धनले संख्याको जोडघटाउ गर्दा कमजोर हुने देखेपछि विवाद गरिरहेको छ ।

किसान प्रतिनिधिहरुमा दावी विरोधका कारण २१ गते स्थगित भएको निर्वाचन प्रक्रिया २२ गते मतदान भएको थियो । २६ जनाले मत खसालेपछि फेरि विवाद झिकेर स्थगित गराइएको थियो । एउटै नाम भएको दुई जना प्रतिनिधि रहेको भन्दै विवाद भयो । प्रतिनिधिहरु एकै नामका दुई जना फरक व्यक्ति भएपनि सोही विषयमा विवाद गरेर स्थगित गरिएको निर्वाचन आज गर्ने भन्दै किसानहरुलाई बोलाइएको थियो ।

आज पनि किसानहरु निर्वाचन नभएपछि विचल्लीमा परेका छन् । दलीय सहमति नभएको कारण जनाउदै निर्वाचन समितिले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

प्रतिनिधिको नाममा विवाद भएपछि समितिले नाम, नागरिकता नम्बर सहित खुलाएर पठाउन परिपत्र गरेको थियो । किसानहरुले आज सोही अनुसारको पत्र बोकेर आएका छन् । पत्रमा किसान प्रतिनिधिहरुको आधिकारिकता खोलेर आउँदा पनि निर्वाचनमा अवरोध गरिएको छ ।

यता, किसानलाई समितिले दुख दिएको आरोप लगाएका छन् । किसानलाई पटक–पटक बोलाउदै निर्वाचन स्थगित गरेर दुख दिएको आरोप लगाए । तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाए किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : माघ २४, २०८० बुधबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]