बैशाख २३, २०८१ आईतबार

शिवसताक्षीमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारबाट सुरु भएको छ । शिवसताक्षी ७ स्थित श्री भगवती माध्यमिक विद्यालयमा आजबाट १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्डको संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सासद राधाकृष्ण खनाल लगायत अतिथिहरुले उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले विद्यार्थीको चौतफी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड मार्फत बालबालिकाहरुले सानै देखि खेलमा प्रवेश गर्ने बताए । उनले विद्यार्थीले विभिन्न विधाका खेलमा समावेश भएर नगर, जिल्ला हुँदै केन्द्रसम्म आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि खेलाडीहरुलाई आफ्नो बल उच्च राख्दै खेलमा सफलता प्राप्त गर्न शुभकामना दिएका थिए ।

खेलकुदले व्याक्तिका स्वास्थ्य सँगै चौतफी विकासका लागि ठूलो भुमिका रहेको प्रदेश सासद राधाकृष्ण खनालले बताए । यो प्रतियोगिता एउटा प्रारम्भिक चरण भएकाले धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागिता गराउनु पर्ने उनको भनाई थियो ।

प्रतियोगितामा शिवसताक्षी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाउने जनाएको छन् । प्रतियोगिता माघ २७ गतेसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा भगवती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । नगरका निजी तथा सामुदायिक विद्यालयका स्काउटर विद्यार्थीहरुले मार्चपास गरेका थिए । रनिङ शिल्डमा ६ ओटा विधामा विद्यालयले उपाधि हासिल गर्ने र प्रत्येक खेलका विजयी खेलाडीहरुले प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, कराँते, ज्याभलिङ लगायतका खेलहरु समावेश गरिएको छ ।
नगर प्रमुख मेगाहाङ्ग थोप्राको आध्यक्षतामा रहेको कार्य क्रममा संघीय सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, उपप्रमुख नरमाया कार्की, वडासदस्य गोमा रिजाल, जिल्ला विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत खेल आयोजक समितिका सदस्य सचिव शिक्षक रमेशकुमार दाहालले गरेका थिए भने सञ्चालन शिक्षक कमल भट्टराईले गरेका थिए । कार्यक्रमा नगर भित्रका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]