जेष्ठ ३, २०८१ बिहीबार

केपी ओली कप : झापामा युवा संघ र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटबल हुने

बिर्तामोड । राष्ट्रिय युवा संघले फागुनमा गर्न लागेको केपी ओली कपको पूर्व सन्ध्यामा झापामा मैत्रीपूर्ण फुटबल हुने भएको छ । राष्ट्रिय युवा संघ झापा र प्रेस चौतारीबीच मैत्रीपूर्ण फुटवलको तयारी भइरहेको झापाका युवा संघका इञ्चार्ज राज आङदेम्वेले जानकारी दिए ।

आज युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारी, केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज आङदेम्वे, खेलका संयोजक मेरुन योङहाङ, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल र उपाध्यक्ष प्रदीप परियार बीच बिर्तामोडमा भएको छलफलले मैत्रीपूर्ण फुटवलको लागि मिति र स्थान तय गरेको छ ।

दुई संगठनबीच अर्जुनधारास्थित सालवारी झिलको फुटबल मैदानमा माघ २९ गते दिउँसो १ बजे मैत्रीपूर्ण फुटवल गर्ने निर्णय भएको इञ्चार्ज आङदेम्वेले जानकारी दिए । युवा संघ झापाको आयोजना र अर्जुनधारा नगरकमिटीको स्थानीय व्यवस्थापनका मैत्रीपूर्ण फुटवल आयोजना गरिएको खेल संयोजक मेरुन योङहाङले जानकारी दिए ।

केपी ओली कपको प्रचारार्थ मैत्रीपूर्ण फुटवलको आयोजना गर्न लागिएको केन्द्रीय सचिव पर्वतराज भण्डारीले जानकारी दिए । उनका अनुसार दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि सुरु हुदैछ । प्रतियोगिताको फाइनलवाहेकका अन्य खेलहरु एन्फा टेक्निकल मैदान च्यासलमा खेलाइने छ । प्रतियोगितामा नेपालको ‘ए’ डिभिजन क्लबका अतिरिक्त विदेश टोलीको समेत सहभागिता रहने छन् ।

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले युवा संघले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]