जेष्ठ ३, २०८१ बिहीबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि लालपानी माविले उचाल्यो

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लालपानी माध्यमिक विद्यालयले उचालेको छ । लालपानी माध्यमिक विद्यालयले प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र १ कास्य पदक प्राप्त गर्दै उपाधि उचालेको हो ।

त्यस्तै रनिङ शिल्ड प्रतियोगितामा झिलझिले माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । झिलझिलेमा माविले ७ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तैगरी प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ । विजेता हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई नगर उपप्रमुख नरमाया कार्की, सामाजिक विकास समिति संयोजक हर्क सिगु, शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की लगायतले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २५ गतेदेखि शिवसताक्षीको भगवती माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, दौड, एथलेटिक्स, कराँतेलगातका खेल विधाहरु समावेश गराइएको थियो । नगरका सामुदायिक तथा निजी विद्यालयहरुका ६ सय विद्यार्थीहरुले खेलमा सहभागिता जनाएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले बताए । उनले रनिङ शिल्ड प्रतियोगितामा विजेता प्रथम, द्वितीय र तृतीय हुने स्थान हासिल गर्ने प्रत्येक विधाका एउटा टिमले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

रनिङ शिल्डको समापनका अवसरमा नेपाल रेडक्रश शिवसताक्षी उपशाखाको तर्फबाट रेडक्रस नृत्य प्रस्तुत गरिएको थियो । सामाजिक विकास समिति संयोजक हर्क सिगुको अध्यक्षतामा भएको थियो, भने रनिङ शिल्ड प्रतियोगिता भरीको कार्यक्रमको शिक्षक कमल भट्टराईले गरेका थिए ।

 

प्रकाशित मिति : माघ २७, २०८० शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]