जेष्ठ ३, २०८१ बिहीबार

विद्यार्थीलाई रचनात्मक बनाऔं

सम्पादकीय
विद्यार्थीहरुलाई अभिभावकले विद्यालय अध्ययनका लागि पठाएका हुन् । त्यसका बाबजुद बाहिरी ज्ञान पनि उत्तिकै हासिल गरुन् भन्ने आम अभिभावकको चासो र चिन्ता हुन्छ । अधिकांश अभिभावकलाई आपल्नो बालबच्चा सबैभन्दा उत्कृष्ट होस् भन्ने चहाना हुन्छ । पढाईमा सबैभन्दा धेरै अंक ल्याउनुपर्छ भन्ने मान्यता साझा नै छ । तर, अब अभिभावकले फरक ढंगले धारणा बनाउनुपर्छ । आफ्नो बालबच्चा अध्ययनसँगै बाहिरी ज्ञान हासिल र रचनात्मक क्रियाकलापमा पनि अगाडि हुन् भन्ने चहाना बनाउनुपर्छ । पढाई र अंक मात्र हेर्नु बेठिक हुन्छ ।

कतिपय बालबालिकाहरु अध्ययनमा सधैं उत्कृष्ट हुन्छन् । कतिपय सिर्जनात्मक कम हुन्छन् । विद्यार्थीहरुलाई दुवै पक्षमा अब्बल बनाउनुपर्छ । त्यसका लागि विद्यालय परिवार र अभिभावक पनि तयार हुनुपर्छ । अहिले विद्यालयहरु धमाधम वार्षिकोत्सव गरिरहेका छन् । वार्षिकोत्सवमा भाडामा नृत्य गर्नेहरुलाई निम्त्याउनु नपरोस् । कार्यक्रम सञ्चालनका लागि भाडामा बाहिरबाट मान्छे बोलाउनु नपरोस् । अर्थात, विद्यालयका विद्यार्थीहरु नै त्यस प्रकारका क्रियाकलापका लागि तयार गरिनुपर्छ । त्यसका लागि विद्यार्थीलाई परिवारको तर्फबाट सहयोग हुन जरुरी छ ।

विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुची जगाउन सकिन्छ । त्यसो हुँदा कसैको पनि विमति रहदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि योजना चाहिन्छ । शिक्षण सिकाईमा यस प्रकारको शिक्षण सिकाई योजना जरुरी पर्छ । अहिले विद्यालयहरुले विद्यार्थीलाई तयार गर्न थालेका छन् । अब, प्राथमिकताका साथ विद्यार्थीलाई रचनात्मक र सिर्जनशिल बनाउन जरुरी छ ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ११ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]