जेष्ठ ३, २०८१ बिहीबार

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै

काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। मलेसियाको वाईएसडी ओभलमा नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि खेल सुरु हुनेछ।

नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८९८ विकेटको जित हासिल गरेको थियो। त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो।

आजै समूह डी कै भुटान र हङकङले पनि समूह चरणको अन्तिम खेल खेल्दै छन्। यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ।

प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]