जेष्ठ ३, २०८१ बिहीबार

महिला प्रिमियर कपको क्वाटरफाइनलः नेपालले कुवेतको सामना गर्दै

काठमाडौं, २ फागुन ।  मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलका खेल आज हुदैँछन् । जसअनुसार क्वाटर फाइनल खेलमा नेपालले आज कुवेतको सामना गर्दै छ ।  मलेसियाको वाईएसडी ओभल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुने छ ।

नेपाल समुह चरणमा अपराजित रहदै समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो । नेपालले समुह चरणमा हङकङ र भुटानलाई ८–८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

त्यसैगरी समुह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो ।

आजै अन्य क्वाटरफाइनलमा बिहान ११ः१५ बजे मलेसिया र जापान खेल्दै छन् भने बिहान ७ः१५ बजे हङकङ र थाइल्याण्ड तथा इन्डोनेसिया र युएई खेल्दै छन् ।

१६ देशले भाग लिएको महिला प्रिमियर कपमा नेपालसहित ८ देश थाइल्याण्ड, कुवेत, युएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ क्वाटरफाइनलमा पुगेका छन् । त्यसै गरी म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ७ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]