बैशाख १८, २०८१ मंगलबार

ह्याप्पी भेलेनटाइन डे

सम्पादकीय

वर्षभर विभिन्न दिवसहरु मनाइन्छ । त्यस्तै दिवसहरुमध्येको एक विशेष दिवस हो, प्रेम दिवस । आजको दिनलाई विश्वभर प्रेम दिवस मनाइदैछ । सम्बन्धहरुलाई थप प्रगाढ बनाउन सहयोग गर्ने दिवसको रुपमा लिइएको प्रेम दिवसको सबैमा शुभकामना । सधेैं सबैसँग प्रेम, स्नेह हुनुपर्छ । आजको दिन मात्रै प्रेस, स्नेह हुनुपर्छ भन्ने होइन । खासगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा प्रेम दिवसलाई लिने गरेका छन् । यो वैवाहिकभन्दा अविवाहितहरु अझ महत्वका साथ मनाउने गरेका छन् । युवा उमेर समूहले प्रेम दिवसलाई अझ भव्य बनाउने गर्छन् ।

क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेका छन् । त्यसको प्रभाव विश्वभर फैलिदो छ । बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको हो । भ्यालेण्टाइन्स डे सम्बन्धी एउटा मान्यताका अनुसार हजारौं वर्षअघि रोमका राजा क्लाउडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिकहरु विवाहबन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्व भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराए । आफ्नो आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएकोभन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन्स डे अर्थात पे्रम दिवस मनाउन थालिएको इतिहास छ ।

एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइन्छ । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाइलो गर्ने, खुशी साट्ने गर्छन् । प्रेम दिवसमा रातो गुलाब दिने प्रचलन छ । प्रेम दिवसले सबै प्रेमिल जोडिहरुको सम्बन्ध बलियो बनाउन सकोस् । हरेक परिवारमा श्रीमान–श्रीमतिबीचको सम्बन्ध प्रगाढ बनोस् । पछिल्लो समय बढ्दै गइरहेको वेथितीको प्रभाव, देखासिकी र सम्बन्ध कमजोर बनाउने सबैखाले गतिविधिहरु अन्त्य भएर जाउन् । सबै प्रेमिप्रमिकाहरुबीच आजकै दिन सधैं भइरहोस् । प्रगाढ मायाले हरेक सम्बन्धहरु बलियो बनुन् । शुभकामना ।

प्रकाशित मिति : फाल्गुन २, २०८० बुधबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]