बैशाख १४, २०८१ शुक्रबार

सन्दीप र करण बने टी-२० क्रिकेटमा बढी विकेट लिने खेलाडी

नेपालका बलरद्वय सन्दीप लामिछाने र करण केसी सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडीमा संयुक्तरुपमा शीर्ष स्थानमा रहन सफल भएका छन् ।

लेगस्पिनर सन्दीप र तीव्र गतिका बलर करणसँगै नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभर पनि बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका ंछन्। 

तीनै जनाले सन् २०१९ मा २८-२८ विकेट लिएका छन् । सन्दीपले १६ खेलमा २८ विकेट लिँदा करण र ग्लोभरले १९-१९ खेलमा २८ विकेट लिएका छन्।

औषतमा पनि सन्दीपको बलिङ राम्रो छ। सन्दीपले १३.७१ को औषतमा बलिङ गर्दा ग्लोबरले १६ र करणले १७ को औषतमा बलिङ गरेका थिए। 

प्रकाशित मिति : पुष १५, २०७६ मंगलबार  ११ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]