बैशाख २३, २०८१ आईतबार

झापामा अन्तरपालिका कर्मचारी फुटबल : शिवसताक्षी, हल्दीबारी र कचनकवल विजयी

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को गोलअन्तरले हराउँदै शिवसताक्षी विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

खेलको ८ र ४८ मिनेटमा शिवसताक्षीका जर्सी नं. १४ का सचिन श्रेष्ठले गोल गरेका थिए । खेल अवधिभर अर्जुनधाराका तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको म्यान आफ दी म्याच शिवसताक्षीका सचिन श्रेष्ठ घोषित भए ।
त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ती गाउँपालिकालाई हराउँदै हल्दीबारी गाउपालिका विजयी भएको छ ।

बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराउँदै हल्दीबारी विजयी भएको हो । हल्दीबारीका तर्फबाट जर्सी १५ का शान्तिराम राईले २१ मिनेट जर्सी नं. १०का चेतन न्यौपानेले २२ मिनेट र जर्सी नं. १३ का अमिन मेचेले ४० मिनेटमा गोल गर्दै टिमलाई विजयी हासिल गराएका थिए । खेलको म्यान अफ दी म्याच हल्दीबारीका शान्तिराम राई घोषित भए ।

त्यस्त आजै भएको अन्तिम खेलमा कचनकवल गाउँपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई ट्राइबेकरमा ५– ४ गोल अन्तरले हराउँदै कचनकबल गाउँपालिका विजयी भएको हो । खेलका निर्धारित समय दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । खेलको म्यान अफ दी म्याच कचनकवलका प्रदीप कार्की घोषित भए । म्यान अफ दी म्याच घोषित हुने सबै खेलाडीले नगद २ हजार सहित ट्रफी प्राप्त गरे ।

शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अमृत बहादुर राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले गरेकी थिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले गरेका थिए ।

प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिह गोम्देन, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भोलि झापा गाउँपालिका र कमल गाउँपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिका, मेची नगरपालिका र विर्तामोड नगरपालिका, कनकाई नगरपालिका र गौरादह नगरपालिका बीच हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०८० शुक्रबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]